एमालेको गुठगत लडाईले फेरियो, भ्यान्टिलेटर खरिदका लागि स्वास्थ्य मन्त्रालयको निर्णय


लिला सुनुवार, ओखलढुंगा ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले २०७६ जेठ ३ गते सामुदायिक (अस्पताल मिसन) मा भेन्टिलेटर जडान गर्न स्वास्थ्य मन्त्रालयमा अनुरोध गर्ने निर्णय गर्यो । प्रदेश सरकारसँग अस्पतालमा कोभिड १९ केयर युनिट सञ्चालन गरेर २० वेडमा अक्सिजनसहित कोरोना संक्रमितको उपचार शुरु गरिएकाले भेन्टिलेटर आवश्यक भएको माग उठेको थियो ।जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णय लगत्तै अस्पतालले उक्त निर्णयसहितको पत्र विघटित प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवारमार्फत सोही दिन मन्त्रालयमा पत्र पठायो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ १४ गतेको चलानी नं. २३४९ को पत्रबाट अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरेकाले ५ आइसियु बेडसहित २ भेन्टिलेटर छिटो तरिकाबाट खरिद गरेर जडान गर्न र सृजित दायित्य प्रदेश नं. १ सामाजिक विकास मन्त्रालय मार्फत भूक्तानी माग गर्न जेठ १६ गते परिपत्र गर्यो ।जिल्लाको निर्णय र अस्पतालको मागसहिते माग लिएर पटक पटक मन्त्रालय पुगेका विघटित प्रतिनिसभाका निर्वतमान सांसद यज्ञराज सुनुवारले जिल्लामा भेन्टिलेर र आइसियु वेड नहुँदा विरामीले हेलिकोप्टर चार्टर गरेर महंगोमा उपचार गराउनु पर्ने बाध्यता अब हट्ने स्टाटससहित मन्त्रालयको परिपत्र फेसबुमा हाले ।

 

परिपत्रपछि कोभिड १९ केयर युनिटमा आइसियु र भेन्टिलेटर जडान हुने कुराले सदरमुकामबासी खुसी थिए । अस्पतालले पनि तुरुन्तै खरिद प्रकृया अघि बढाउने तयारी थालेको थियो । मास्क वितरणमा समेत राजनीति हुँदै आएको जिल्लामा यसपछि उनी माधव नेपाल समुहमा लागेकाले ओलि समुहका कार्यकर्ताले यो ओलि सरकारले गरेको भन्दै फेसबुकमा जुहारी खेल्न थाले । माथिल्लो तहका नेतासम्म जुहारीमा संलग्न देखिए ।यो जुहारी फेसबुकमा मात्र सिमित भएन । आइसियु वेड र भेन्टिरलेटर जडान गर्ने निर्णय अन्ततः मन्त्रालयले १ दिन पछि नै जेठ १७ गते सोमबार परिवर्तन गर्दै ओखलढुंगा सामुदायिक अस्पताल सोब्रुको सट्टा ओखलढुंगा जिल्ला अस्पतालमा स्थापना गर्ने परिपत्र गर्यो । रुम्जाटार अस्पतालले आइसियु र भेन्टिलेटर माग गरेको थिएन ।मन्त्रालयको दैनिक परिपत्र फेरिएको विषयमा प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले यस विषमा आफु अनभिज्ञ भएको बताए । उनले टेलिफोनमा भने, विस्तृत कुरा डा. समिरलाई थाहा हुन्छ, सोध्नुहोला ।’ सह प्रवक्ता समिरि अधिकारीले पटक पटक फोन र एसएमएस गरे पनि सम्पर्कमा आएनन् ।

मन्त्रालयका एक अधिकृतले उप प्रधानमन्त्री ईश्वर पोखरेलको दवावमा परिपत्र फेरिएको नाम उल्लेख नगर्ने शर्तमा बताए । ‘प्रदेशदेखि माथिसम्मकै दवाव छ बोल्न सकिदैन ।’पहलकर्ता निर्वतमान सांसद सुनुवार माधव समुहमा लागेकाले ओलि समुहले राजनीत गरेर परिपत्र नै फेर्न लगाएको जिल्लास्थित नेता कार्यकर्ताको आरोप छ । एमालेका जिल्ला नेता दिपक फुयलले जनघनत्व, सेवाका हिसाबले सामुदायिक अस्पतालमा आइसियु वेड तथा भेन्टिलेटर अत्यावश्यक र शुरुको निर्णय सहि भएको बताए । उनले भने, ‘२० वेडको कोभिड–१९ केयर युनिट पनि भएकाले सामुदायिक अस्पतामा अत्यावश्यक थियो, पहुँच देखाउनेले जिल्ला अस्पताललाई थप बजेट ल्याउनुपथ्र्यो, भएको कटाउनु तुच्छ राजनीति हो ।रुम्जाटारमा सरकारी अस्पताल भए पनि सेवा प्रभावकारी नभएपछि १५ शैया वेडको उक्त अस्पतालमा विरामी न्यून मात्रै जाने गरेका छन् । अक्सिजन प्लान्टका लागि आएको बजेट पनि फिर्ता गएको थियो । अर्थ मन्त्रालयले यो वर्ष फेरि २५ लाख निकासा गरेको छ ।