स्वास्थ्य सामग्री हस्तान्तरण


नुवाकोट, (नेस)

नेपाली कांग्रेसका युवा नेता एवम दुप्चेश्वर–काठमाडौं सम्पर्क समितिका अध्यक्ष सुशील खड्काले नुवाकोटको त्रिशूली अस्पतालसहित अन्य ५ स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ ।

बुधवार जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङको रोहवरमा खड्काले त्रिशूली अस्पताल, समुन्द्रटार अस्पताल, खरानीटार अस्पताल, शिखरवेशी स्वास्थ्य चौकी र जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।त्रिशूली अस्पताललाई वितरण गरिएको स्वाथ्य सामग्रीमा नेवोलाइजर २ थान, माक्स २ हजार पिस,अक्सिमिटर २ पिस, सेनिटाइजर १० लिटर र थर्मलगन एक थान रहेका छन् । त्यस्तै समुद्रटार अस्पताललाई माक्स ५ सय पिस, सेनिटाइजर ५ लिटर, थर्मलगन एकथान, अक्सिमिटर २ ओटा र नेवोलाइनर एक थान रहेका छन् ।खरानीटार अस्पतालमा सेनिटाइजर १० लिटर, माक्स ५ सय थान, थर्मलगन एक पिस,अक्सिमिटर २ थान र नेवालाइजर २ थान रहेका छन् भने शिखरवेशी स्वास्थ्य चौकीमा माक्स ५ सय पिस, एक सेट पिपिई, अक्सिमिटर २ थान, थर्मलगन एकसेट, सेनिटाइजर ५ लिटर र नेवोलाइजर एक थान रहेका छन् ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई माक्स एकहजार पिस, सेनिडाइजर ५ लिटर र अक्सिमिटर एक थान रहेका छन् । खड्काले स्वास्थ्य सामग्रीको प्रयोगले कोरोना संक्रमणबाट जोगिन केही न केही सघाउ पु-याउने विश्वास व्यक्त गर्नुभयो । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तामान तामाङले निषेधाज्ञा लम्बिँदै गएसँगै मानिसहरूलाई भोकले पनि सताउन थालेको बताउनुभयो । कोरोना जोखिमको बेला स्वास्थ्य सेवा पु-याउन यस्ता सहयोगले धेरै महत्त्व राख्ने उहाँको भनाइ थियो ।