सिद्धिचरण नगरपालिकाकाे खेलकुदको लागी छुट्याएको बजेट भेन्टिलेटर खरिदमा रकमान्तर


लिला सुनुवार, ओखलढुंगा ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले मेयर कप फुटबल प्रतियोगिता सञ्चालनका लागी छुट्याएको वजेट बाट कोरोना संक्रमितको उपचारका लागी भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको छ । जिल्लामा भेन्टिलेटर एउटा पनि नभएको अवस्थामा नगरपालिकाले खरिदका लागि कार्यापालिकाबाट निर्णय भइसकेको नगरपालिकाका प्रमुख मोहन श्रेष्टले जानकारी दिए ।

प्रमुख श्रेष्टका अनुसार सरकारी खरिद प्रकृया झन्झटिलो रहेको र भेन्टिलेटर बजारमा सहज उपलब्धन हुने परिस्थिति नरहेकाले समय लाग्न सक्छ । नगरपालिकाले खरिद गरेको भेन्टिलेटर सामुदायिक अस्पताल मिसनमा रहेको कोभिड १९ केयर युनिटमा राख्ने निर्णय गरिएको नगरपालिकाका सुचना अधिकारी नईन्द्ध राज राईले बताएका छन । सामुदायिक अस्पताल मिसनमा अकस्सिजन प्लान्टसहितको २० शैयाको कोभिड उपचार केन्द्र तयार रहेकाले त्यही राख्ने निर्णय भएको समेत सुचनाअधिकारी राईले बताएका छन ।