खिजी देम्बागाउँपालिकामा जेठ २२ गतेसम्म आवातजावात गर्न रोक


लिला सुनुवार, ओखलढुंगा ।

ओखलढुंगाको खिजी देम्बागाउँपालिकाले यहि जेठ १२ गते देखि जेठ २२ गते सम्म लागु हुने गरि १० दिनको लागि गाउँपाकिा बाट अन्यत्रजान र अन्य ठाउ बाट पालिका भित्र आउन पूर्णरुपले बन्देज लगाएको छ ।

कुनै विशेष परिस्थितिका कारण आवातजावात गर्नु पर्ने भएमा आवातजावात गर्नु पर्ने कामको प्रकृति हेरेर सम्बन्धित वडाका वडाध्यक्षको सिफारिसको आधारमा आवातजावात गर्न दिईने गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाले बताएका छन ।साथै कोभिट १९ (कोरोना) भाईरसको महामारी बाट बच्नका लागि सबै जना आम नागरिहरुले स्वास्थ्य मापदण्ड अपनाइ आ(आफनै घरमै बसिदिन समेत पालिका अध्यक्ष रोकाले अनुरोध गरेका छन ।

खिजी देम्बागाउँपालिकामा हाल सालै गरिएको पीसीआर परिक्षणमा ३३ जनामा कोरोना भाईरसको संक्रमण देखा परेको र एक जना संक्रमित निको भैसकेको खिजी देम्बागाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ईन्द्ध गौतमले बताएका छन ।