वीरगन्ज महानगरपालिकाले माग्यो एक लाख खोप खरिदका लागि अनुमति

14
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

वीरगन्ज महानगरपालिकाले आफ्नो नगरवासीहरुको जीवन रक्षाका लागि खोप खरिद गर्ने निर्णय गरेको छ । सरकारले खोप समयमा उपलब्ध गराउन नसकेपछि महानगरपालिका आफैले खोप खरिद गर्ने निर्णय गरेको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले जानकारी दिनुभयो ।

उहाँले एक लाख डोज खोप खरिदका लागि अनुमति प्रदान गर्न स्वास्थ्य मंत्री समक्ष माग गर्नुभएको छ । सरकारले तोकेको सबै मापदण्डहरु पूरा गरेर आफूहरु खोप खदि गर्न तयार रहेको र सरकारले दिएको गाइडलाइन अनुसार नै नगरवासीलाई खोप लगाइने पनि नगर प्रमुख सरावगीले स्पष्ट पार्नुभएको छ ।

उहाँले कोरोनाका कारण वीरगन्ज समेत आक्रान्त रहेको र आफू जनताको प्रतिनिधि भएका नाताले आफ्ना नागरिकहरुको जीवन रक्षा गर्नु आफ्ेनो कर्तब्य भएकाले वीरगन्ज महानगरवासलाई खोप लगाउन अति आवश्यक रहेको समेत उल्लेख गर्नुभएको छ ।