बादललाई मतदान गर्न एमाले काभ्रेको ह्विप

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

नेकपा एमाले काभ्र्रेले बागमती प्रदेश अन्र्तगत राष्ट्रिय सभा सदस्यको उप निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवार तथा चुनाव चिन्हमा मतदान गर्न ह्विप जारी गरेको छ । अध्यक्ष अशोक ब्याञ्जुद्वारा जारी विज्ञप्तीमा मतदानमा जानु अघि कोरोना परिक्षण गरिसक्न र निर्वाचनको अघिल्लो दिन ५ गते नै हेटौडा पुग्न निर्देशन दिएको छ । विज्ञप्तीमा भनिएको छ–‘ २०७८ जेठ ६ गते हुँदैछ । निर्वाचनका लागि नेकपा एमालेका आधिकारीक उम्मेदवार क. रामबहादुर थापा ‘बादल’ पार्टीको आधिकारीक उम्मेदवार हुनुहुन्छ । पार्टीको आधिकारीक उम्मेदवार क. रामबहादुर थापा ‘बादल’लाई सुर्य चिन्हमा मतदान गर्न पार्टी केन्द्रको निर्णय जारी भएको ब्यहोरा अवगत नै छ ।

नेकपा एमालेको आधिकारिक उम्मेदवार क. रामबहादुर थापा बादल बाहेक अन्य उम्मेदवार छैनन । कथित प्रचारबाजीको भ्रममा नपरी पार्टीका उम्मेदवार क. रामबहादुर थापा बादल लाई सुर्य चिन्हमा मतदान गरी विजय गराउन सुर्य चिन्हबाट निर्वाचित काभ्रेपलाञ्चोक जिल्लाका सबै प्रदेश सभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरुलाई निर्वाचनमा सक्रियतापुर्वक सहभागी भई मतदान गर्न नेकपा एमाले जिल्ला कमिटी काभ्रे हार्दिक अनुरोध गर्दछ ।

साथै उक्त निर्वाचनका लागि २०७८ जेठ ३ गतेसम्म कोरोना परिक्षण गरी रिपोर्ट लिईसक्ने र २०७८ जेष्ठ ५ गते साँझसम्म हेटौडा पुग्ने तथा जेठ ६ गते मतदानमा सहभागि हुन पार्टी कमिटी निर्देश गर्दछ ।’ काभ्रेपलाञ्चोक जिल्लामा १३ वटा पालिका अन्र्तगत ६ वटा नगरपालिका मध्ये ५ वटामा नेकपा एमालेका सुर्य चिन्हका उम्मेदवारहरुले प्रमुख र उपप्रमुख दुबैमा विजय प्राप्त गरेका छन् भने ७ वटा पालिका मध्ये २ वटा पालिकामा एमालेको सुर्य चिन्हका उम्मेदवारहरुले अध्यक्ष उपाध्यक्ष दुबैमा विजयी प्राप्त गरेका छन् ।

एउटा नगरपालिका र तीनवटा गाउँपालिकामा नेपाली काँग्रेसका रुख चिन्हका उम्मेदवारहरुले विजयी हासिल गरेका छन् । नेकपा माओवादी केन्द्रले दुईवटा पालिकामा विजयी हासिल गरेको छ । नेकपा एमालेले ७ वटा पालिकामा विजयी हासिल गरे पछि काँग्रेस र माओवादीको गठवन्धन बनेको थियो । एमाले एक्लैले जिल्ला समन्वय समितिका सबै पदहरुमा विजयी हासिल गरेको थियो । नेकपा एमालेकै दुबै ब्यक्ति निर्वाचनमा उम्मेदवार भएकाले एमाले काभ्रेले सुर्य चिन्हका उम्मेदवारलाई मतदान गर्न ह्विप जारी गरेको हो । पार्टीको विवाद केन्द्र देखि जिल्ला तहसम्म नमिलेकाले एमालेका दुबै समुह अझै सक्रिय छन् । एमाले अध्यक्ष अशोक ब्याञ्जुले माओवादी केन्द्र र नेपाली काँग्रेसका जनप्रतिनिधिहरुलाई एमालेको आधिकारीक उम्मेदवार सुर्य चिन्हका क. बादललाई मतदान गर्न आब्हान गर्नु भएको छ । स्वतन्त्र उम्मेदवारलाई मतदान नगरी लोकतन्त्रमा पार्टीको उम्मेदवारलाई मतदान गर्न अध्यक्ष ब्याञ्जुले अनुरोध गर्नु भयो ।