नेपालमा प्रत्येक घण्टा ९ संक्रमितको मृत्यु भइरहेको तथ्याङ्क

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

निकै घातक बनिरहेको कोरोना संक्रमणका कारण नेपालमा प्रत्येक एक घण्टामा नौ जना संक्रमितको मृत्यु भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप २ सय २५ जना संक्रमितको मृत्यु पुष्टि गरेको छ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ४ हजार ८४ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमिको संख्या ४ लाख १३ हजार १ सय ११ पुगेको छ।