दमकका व्यवसायीद्वारा प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण

210
Shares

न्युज अफ नेपाल, दमक ।

दमकमा अग्रभागमा खटिरहेका प्रहरीहरुलाई युवा व्यवसायीले स्वास्थ्य सुरक्षा सामाग्री  वितरण गरेका छन् । अलो इञ्जिनियरिङ्ग इन्टनेशनलका अध्यक्ष प्रकाश आङ्गबुहाङ लिम्बु, ब्याबसायी तान्छोहाङ आङदेम्बे, धिरेन आङ्गबुहाङ लिम्बु र रन्जन राईले मंगलबार दमक प्रहरी कार्यालय प्रमुख नवराज कार्की र प्रहरी निरीक्षक अनिल माबोहाङलाई ११ सय थान मास्क , ७९ थान सेनीटाइजर र १ सय थान पन्जा हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष लिम्बुले अग्रभागमा खटिरहेका दमकका प्रहरीहरुलाई सानो सहयोग गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए । उनले आगामी दिनमा समेत प्रहरी र अग्रभागमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्ने बताए । दमक इलाका प्रहरी कार्यालय प्रमुख कार्कीले मास्क, सेनीटाइजर र पन्जा सहयोग गर्ने व्यवसायीहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।