रुसी राष्ट्रपति पुटिनद्वारा सन् २०३६ सम्म सत्तामा रहने कानुन पारित


मस्को,(एजेन्सी)

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमवार आफुलाई आगामी सन् २०३६ सम्म सत्तामा टिकाइ राख्न मिल्ने गरी तयार पारिएको कानुनमा हस्ताक्षर गरेका छन् । यसले गत वर्ष मतदान मार्फत संविधान परिवर्तनका लागि चालिएको कदमलाई औपचारिकता प्रदान गरेको छ । गत वर्षको १ जुलाईमा भएको संवेधानिक मतदानमा पुटिनको पुर्व निर्धारित राष्ट्रपतिय कार्यकालको सिमा अवधिलाई परिमार्जित गरी उनलाई अर्को दुई कार्यकालका लागि राष्ट्रपतिय चुनावमा उठ्न पाउने प्रावधान बनाइएको थियो ।

क्तेमलिनको नियन्त्रणमा रहेको रबर स्ट्याम्प विधान सभाले परिवर्तनलाई सर्वसम्मतले सहमति दिएको थियो । राष्ट्रपति पुटटिनद्वारा हस्ताक्षरित उक्त परिवर्तनसंग सम्बन्धित कानुनलाई सोमवार कनुनी सुचनाको वैधानिक पोर्टलमा राखिएको छ ।

विगत दुई दशक भन्दा लामो समय देखि सत्तामा रहँदै आएका ६८ वर्षिय पुटिनले आफ्नो ६ वर्ष लामो कार्यकल सकेपछि सन् २०२४ को राष्ट्रपतिय चुनावामा उठ्ने नउठ्ने त्यहिबेला निर्णय गर्ने बताएका छन् । सोभियत कालिन तानाशाह जोसेफ स्टालिन पछि क्रेमलिनमा लामो समय रहने पुटिन एक मात्र राजनेता हुन् । उनले आफ्ना सहयोगीहरुलाई आफ्नो संभावित उत्तराधिकारी बन्ने होडवाजी लाग्न भन्दा आफ्नो काम कर्तव्यमा ध्यान केन्दि« गराउनका लागि पनि आप्नो कार्यकाले चाँजापाँजो मिलाउन परेको प्रतिक्रिया दिएका छन् ।

संवैधानिक संशोधनले अन्तर्राष्ट्रिय मापदण्डहरु माथिको रुसी कानुनको प्रभुता , प्रतिवन्धित समलिंगी विवाह र ‘ भगवान माथको विश्वास ’ लाई पनि महत्वपूर्ण मूल्य मान्यताको रुपमा प्राथमिकता दिएको छ । एकसाता लामो यस विषयमा भएके मतदानमा झण्डै ७८ प्रतिशत विधायकले संविधान संशोधनलाई समर्थन गरेका थिए ।