लगानीकर्ताले एक सातामा एक खर्ब कमाए



काठमाडौं, (नेस)  ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) यस साता उच्च अंकले बढेको छ । यो साता ७३ दशमलव ८७ अंक बढेर २५४८ दशमलव ९६ बिन्दुमा पुगेको छ । यस साता नेप्सेमा २९ अर्ब ५८ करोड रुपियाँ बराबरको शेयर खरिद बिक्री भएको छ। यो अघिल्लो साताको भन्दा ८ अर्ब ९७ करोड रुपियाँ बढी हो।

नेप्से परिसूचक बढेसँगै साता बजार पुँजीकरण पनि बढेको छ । अघिल्लो साता बजार पुँजीकरण ३४ खर्ब १७ अर्ब रुपियाँ रहेकोमा यो साता ३५ खर्ब २० अर्ब रुपियाँ पुगेको छ । यस साताभर लगानीकर्ताको सम्पत्ति १ खर्ब २ अर्ब रुपियाँ बढेको छ।त्यस्तै यस साता १३ समूहमध्ये १२ समूहको परिसूचक बढेको छ भने एक समूहको मात्र घटेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा धेरै २६ दशमलव शून्य ६ प्रतिशत बढेको छ।

प्रतिक्रिया दिनुहोस्