रमेश कर्पोरेसनको नयाँ यात्रा


काठमाडौं, नेस ।

रमेश कर्पोरेसनले संस्थापक इमिरेट्स स्वर्गीय रमेश गुप्ताको विरासतलाई आत्मसाथ र सम्मान गर्न नयाँ शुरुवातको गरेको जनाएको छ । ब्रान्डले आफ्नो नयाँ यात्राको प्रारम्भ स्वर्गीय गुप्ताले देख्नु भएको उज्ज्वल भविष्य एवं दृष्टिलाई प्रतिविम्बित गर्न नयाँ ब्रान्ड, पहिचान एवम् नवीन ट्याग लाइनको साथ प्रारम्भ गरिएको छ।

रमेश कर्पोरेशनअन्तर्गतको एउटै छत्र छायाँमा विभिन्न क्षेत्रसँग सम्बन्धित कम्पनीहरु समाविष्ट भएका छन् । संस्थापक पिता स्व।रमेश गुप्ताको परिचयबाट सञ्चालित रमेश कर्पोरेशनको नयाँ ट्यागलाइन फर्वाड टुगेदरले वास्तवमा स्वर्गीय गुप्ताले देख्नु भएको भविष्य एवं आदर्शलाई आत्मसाथ समेत गरेको छ । यसले सम्पूर्ण ग्राहक, कर्मचारी, लगानीकर्ता तथा इकोसिस्टम पार्टनरहरुको लागि सामुहिक प्रतिबद्धता र दर्शनलाई प्रतिनिधित्व गर्दछ । ब्राण्डको नयाँ लोगोले एकजुटको भावना तथा सामूहिक रुपमा कार्य गरेमा अगाडि बढ्न सकिने शक्ति प्राप्त हुन्छ भन्ने कुरालाई मूर्त रुप दिएको छ ।

‘हाम्रो यो नयाँ सुरुवात हामी सबैका लागि वास्तवमै विशेष हो । किन भने यसले हाम्रो ब्राण्डको विकासको महत्वपूर्ण चरणलाई प्रतिनिधित्व समेत गरेको छ । हामीले हामी को हौ भन्ने कुरालाई हाम्रा बुबाको दर्शन एवं सिद्धान्तहरुलाई आत्मसाथ गर्दै उहाँको दृष्टिलाई आधार मानेर भविष्यलाई आकार दिइरहेका छौं ।’ रमेश कर्पोरेशनका उपाध्यक्ष सुशील गुप्ताले भन्नुभयो । फर्वाड टुगेदरको दर्शनको साथ हामी नयाँ उचाईमा पुग्न उत्कृष्ट प्रणालीको स्थापना गर्न चाहन्छौं ।’ उहाँले थप बताउनुभयो । रमेश कर्पोरेशन व्यावसायिक समूहहरुको एक संगठन हो ।

कर्पोरेशन नेपालको अग्रणी व्यावसायिक समूहरुको साझा उद्देश्यबाट अभिप्रेरित भई अगाडि बढ्दै आएको छ । पाँच दशक अगाडि हार्डवेर व्यवसायबाट प्रारम्भ भएको रमेश कर्पोरेशन आयात र टे«डिङ्ग व्यवसाय, दूरसञ्चार र सूचना प्रविधिमा विविध पक्षमार्फत् आफ्नो उपस्थिति रहदै आएको यस रमेश कर्पोरेशनले हालसम्म उत्पादन, वित्तीय सेवा, रियलस्टेट, कन्जुमर ड्युरेवल्स, हाइड्रोपावर, माइनिङ जस्ता कम्पनीलाई आफ्नो संगठनअन्तर्गत समाविष्ट गर्दै आएको छः