सप्तरीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १२ जना घाइते


 न्युज अफ नेपाल , सप्तरी ।

सप्तरीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १२ जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ ।

बिष्णुपुर गाउँपालिका १ बाट जन्ती बोकेर गएको गाडी बोदे बर्साइन नगरपालिका ८ काचनतर्फ फर्किने क्रममा बोदे बर्साइन नगरपालिकाकै वडानम्बर ३ गौरामा आफैं अनियन्त्रित भएर गाडी दुर्घटना भएको हो ।

सगरमाथा डेरीको पर्खालमा ठोक्किएर ना१ज ८९३८ नम्बरको गाडी दुर्घटनामा बोदे बर्साइन नगरपालिका ८ काचनका ४५ वर्षीय बच्चालाल दास र २९ वर्षीय देवनारायण दास गम्भीर घाइते भएका छन् । यी दुईजनाको रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।