मुगुका गाउँमा कोभिडविरुद्वको खोप पुर्‍याउन समस्या


मुगु ।

मुगुको जिल्ला खोप समन्वय समितिले स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई एकै ठाउँमा भेला गरेर खोप अभिमुखीकरण गोष्ठी सम्पन्न गरेको छ । ‘स्वास्थ्य समृद्धि र सुरक्षाः कोभिड–१९ खोपले गर्छ रक्षा’ मूल नारासहित कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा सहभागीलाई कोभिड–१९ विरुद्धको खोप अभियानको औचित्य,सञ्चालन प्रक्रियाबारे जानकारी दिएर कार्यक्रमलाई प्रभावकारी बनाउन सम्बन्धित निकायको समन्वय र सहयोग पुयाउने उद्देश्यले मुगुका पत्रकारसँग स्वास्थ्य सेवा कार्यालयले अभिमुखीकरण चलाएको हो ।

खोप अभियानलाई सफल बनाउन छलफल गरिएको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ । कोरोनाविरुद्धको खोपबारे जिल्लावासीलाई भ्रममा नपर्न कार्यालयका प्रमुख डा.निर्मल नगरकोटीले आग्रह गर्नुभयो ।उहाँले भन्नुभयो– ‘मुगुको भौगोलिक विकटता हेरेर खोप केन्द्र विस्तार गर्न र सहज रूपमा स्वास्थ्यकर्मी परिचालन गरेर नागकिरलाई खोप दिने लक्ष्य छ ।’ खोप अभियान सफल बनाउन मुगुका ४ वटै स्थानीय तहका स्वास्थ्य संयोजकसँगै स्वास्थ्यकर्मीलाई तालिम दिएर पठाइएको डा.नगरकोटीले बताउनुभयो ।अभिमुखीकरणमा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले मुगुमा कोरोनाविरुद्धको खोप लगाउन स्वास्थ्यकर्मी र नागरिकलाई सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो– ‘यसअघि मुगुमा ८२ प्रतिशत नागरिकले खोप लगाएका छन् । फागुन २३ बाट शुरू भई २६ फागुनसम्म सञ्चालन दोस्रो चरणको अभियानमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सहज वातावरणमा खोप लगाउँछौं ।’

मुगुमा ३ हजार ५ सय जना ज्येष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य रहेको उहाँले बताउनुभयो । मुगुमा पहिलो चरणमा ४ सय ७७ जनालाई खोप लगाइएको छ भने १ हजार १ जनालाई दोस्रो चरणमा लगाउने कार्यक्रम रहेको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ ।मुगु आएको १ सय भाइल अपुग रहेको स्वास्थ्य कार्यालयले बताएको । २ सय ८० भाइल गत बिहीबार मात्र मुगु आइपुगेको हो ।देशभर कोरोना भाइरस विरुद्धको खोप उपयुक्त नदेखिएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले बताउनुभयो । हिमाली जिल्ला भएको र भौगोलिक विकटताका कारण अभियान स्थानीयको पहुँचमा पु¥याउन नसक्दा यस्तो अवस्था देखिएको उहाँको भनाइ छ ।