विप्लवसँगको सहमति सार्वजनिक गर्न माग


बुटवल (नेस) ।

मानव अधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनालले सरकार र नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाबीच सहमति कायम हुनु सकारात्मक भए पनि सहमतिको विस्तृत विवरण सार्वजनिक नहुनु शंकास्पद भएको बताउनुभएको छ ।

पोखरामा हालै सम्पन्न समाजको २३औँ राष्ट्रिय परिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्न सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति खनालले हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै सरकारद्वारा प्रतिबन्ध लगाइएको पार्टी शान्ति वार्तामा आउनु सरकारात्मक भए पनि सहमतिको विस्तृत विवरण पनि सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयोे ।प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई लोकतन्त्रमाथिको प्रहार भन्दै उहाँले संसद् पुनःस्थापना गरेर सर्वोच्चले लोकतन्त्रलाई बचाएको समाजको निष्कर्ष रहेको जानकारी दिनुभयो ।

शान्ति, अहिंसा, मानव अधिकार र लोकतन्त्रको प्रवद्र्धन गर्ने समाजको मूल उद्देश्य रहेको भन्दै सभापति खनालले संसद विघटनले नेपालमा अझै पनि लोकतान्त्रीक प्रणाली सुरक्षीतहुन नसकेको संकेत गरेको बताउनुभयो ।बिधिको सर्वोच्चता स्थापित गर्न नसकिएमा नअधिकारको रक्षा गर्न नसकिने भन्दै खनालले लोकतान्त्रिक व्यवस्था बलियो बनाउनु पर्नेमा जोड दिनुभयो ।