अब नरहला कि त्रास


नेपाल समाचारपत्र, हेटौंडा  ।

प्रतिबन्ध फुकुवा भएको नेपाल कम्युनिस्ट पार्टीको विप्लव समूहले उक्त अवधिभर बागमती प्रदेशका जिल्लामा विभिन्न प्रकारका गतिविधि गरे । ती गतिविधिमा संलग्न भएको भन्दै विप्लवका नेता–कार्यकर्ता दुई वर्ष अवधिमा १ सय ८१ जना पक्राउ परेका थिए ।मुद्दा नचली ८ जना रिहा भएका थिए भने १ सय ७३ जनालाई मुद्दा चलाइएको थियो । सरकारसfगको सहमतिपछि प्रदेशका विभिन्न कारागारमा रहेका ती कैदीबन्दी अहिले छुटेका छन् ।

मकवानपुरमा स्काभेटर र गाडी गरी ८ वटा सवारीसाधनमा आगजनी गरिएको खुलेको छ । २०७५ असोज १४ गते थाहानगरकै मालपोत कार्यालयमा प्रवेश गरी कार्यालयको कम्प्युटर, प्रिन्टर, टेलिफोन, स्विच बोर्डलगायत सामान तोडफोड गरी सरकारी कागजपत्र छरिदिएको र मालपोत कार्यालयका प्रमुखको शरीरमा मोबिल छर्केर फरार भएका थिए ।२०७५ साउन २९ गते बिहान करिब ६ बजे उत्तरी मकवानपुरको थाहानगर–११ देउरालीमा वीरगन्जबाट काठमाडौं जाने क्रममा रहेको गाडी रोकी बसमा आगो लगाएर पूर्णरूपमा ध्वस्त बनाइएको प्रहरी रेकर्ड छ ।२०७५ फागुन ३० गते विप्लव समूहले बन्द आह्वान गरेको दिन हेटौंडा–१९ बस्तीपुर र दामिनटारबीच ना६ख ७३६९ नम्बर कन्टेनरमा कार्यकर्ताले बियरको बोतलमा एसिडसहित पेट्रोल बम प्रहार गर्दा कन्टेनरचालकलगायत घाइते भएको मकवानपुर प्रहरी स्रोतले जानकारी दिएको छ । २०७६ वैशाख ४ गते राति ११ बजे थाहानगरकै पानोरमा रिसोर्ट मोडनजिक पालुङबाट हेटौंडातर्फ आउfदै गरेको ना२च ९०९४ नम्बर बोलेरोलाई पेट्रोल छर्केर आगो लगाइएको थियो भने हेटौंडाबाट पालुङतर्फ तरकारी लोड गरी जाfदै गरेको ना४ख ७९६० नम्बर मिनी आइचर ट्रकलाई ५ जनाको समूहले सिसा तोडफोड गरी पेट्रोल छर्केर आगजनी गरेको थियो ।

२०७६ जेठ १३ गते दिउfसो करिब १ बजे हेटौंडा–२ को लोकप्रिय चोकस्थित सडकछेउमा पार्किङ गरिराखेको आइचर ट्रकमा पनि आगजनी भएको थियो । सोही दिन अपराह्न ४ बजे थाहानगर–१ को कुलगाउf खोलास्थित त्रिभुवन राजपथमा काडमाडौंबाट भैंसेतर्फ आउfदै गरेको खाली आइचर ट्रक रोकी आगो लगाएर फरार भएका थिए ।इन्द्रसरोवर–४ को भीमफेदी–फाखेल–काठमाडौं सडकखण्डमा भीमफेदीबाट काठमाडौं जाfदै गरेको पिकअपमा चालकलाई गाडीबाट ओर्लन लगाएर आगो लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।विप्लव कार्यकर्ता २०७६ भदौ २१ गते राति कैलाश गाउfपालिका–५ गोगनेमा रोकिराखेको स्काभेटरमा पेट्रोल छर्केर आगजनी गरेर फरार भएका थिए । २०७६ असोज २३ गते राति करिब ११ बजे थाहानगर–३ को शिखरकोटमा पार्किङ गरिराखेको स्काभेटर र थाहा नगरपालिकाकै वडा नम्बर–४ किटिनी सडकचोकमा पार्किङ गरेर राखिएको ट्रिपरमा आगो लगाएर उनीहरु फरार भएका थिए ।२०७६ साउन १६ गते राति थाहानगर–३ मा रहेको एनसेल टावरमा आगजनी गरेर उनीहरु फरार भएका थिए भने सोही दिन उक्त पालिकाकै ७ नम्बर वडाको चिसापानीमा एनसेल टावरमा आगजनी गरिएको थियो ।

बन्द घोषणा भएको दिन विभिन्न स्थानमा शंकास्पद वस्तु राख्ने जस्ता गतिविधिले जिल्लाका बासिन्दा त्रासपूर्ण जीवन बिताउfदै आएका थिए । विप्लव र सरकारबीचको सहमतिले अब कुनै प्रकारका अप्रिय गतिविधिका घटना नघट्नेमा सरोकारवाला ढुक्क छन् ।बुधबार सरकार र नेकपाको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबीच तीनबुfदे सहमति भएपछि अब विप्लव समूह शान्तिपूर्ण राजनीतिमा फर्किएको छ ।