आज सुनको मूल्य तोलामा ३ सयले घट्यो



काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबारको तुलनामा सुन तोलामा ३ सय रुपैयाँ कम भएको छ ।

शुक्रवार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको कारोबारको पहिलो दिन आइतवार सामान्य गिरावट भएर तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । यसैगरी तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच आइतवार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रवार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी आइतवार पनि सोही मूल्यमा कारोबार भएको हो

प्रतिक्रिया दिनुहोस्