सांगीतिक मन सार्वजनिक



सुन्दर सुनामको मन बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। एउटा दलित केटा र गैरदलित केटीको प्रेमकथा समेटिएको म्युजिक भिडियो मार्मिक छ।
गीतमा एउटा दलित केटाले ठूलो जातिको केटीसँग प्रेम गर्छ। केटीले पनि उत्तिकै चाहन्छ। तर, घर–परिवार र समाजको डरले लुकी–लुकी भेट्ने गर्छ। यसरी नै भेट्ने क्रममा एउटा छिमेकीले देख्छ र गाउँभरि हल्ला हुन्छ। परिवार र समाजले दलित केटालाई चारपाटा मोडी गाउँ निकाला गरेको दर्दनाक कथा समेटिएको छ।
किरण गौतम, पार्वती कार्की, सुन्दर सुनाम र सावित्री श्रीले गाएको गीतमा लय र शब्द किरण गौतमको रहेको छ। सुदर्शन खतिवडा, आइस्मा कार्की र सरिता थापाको अभिनय रहेको म्युजिक भिडियोको निर्देशन निरेन श्रेष्ठले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्