गौहर किन अस्वीकार गर्छिन् अफर !


बलिउड नायिका तथा रियालिटी शो बिग बोस–७ कि विजेता गौहर खान केही ठूला बलिउड फिल्म तथा टेलिभिजन सिरियलहरुमा काम गरेर धेरैको मन जित्न सफल छिन्।
बेला–बेलामा गौहरको अभिनयको तारिफ पनि हुने गरेका छन्। पछिल्लोपटक द अफिस नामक वेब सिरिजमा काम गरेकी गौहरले आफूले अस्वीकार गरेका केही कामका बारेमा खुलासा गरेकी छिन्। हालै गौहरले हिन्दुस्तान दैनिकसँगको कुराकानीमा आफूलाई बोल्ड सिन गर्न आपत्ति भएकै कारण धेरै अफर अस्वीकार गरेको बताएकी छन्। ‘म बोल्ड सिन गर्न चाहँदिन भन्ने कुरामा क्लियर छु। एक कलाकार भएको नाताले दर्शकलाई राम्रो काम दिनु र पात्रलाई न्याय दिनु मेरो कर्तव्य हो। तर, म जोडिने कन्टेन्टमा भने मेरो केही सर्त छन्’, उनले भनेकी छिन्– ‘मलाई बोल्ड सिनदेखि आपत्ति छ। केवल फिल्म तथा वेब सिरिजमा खेल्नका लागि म आफ्नो लाइन क्रस गर्न चाहन्न।’ उनले भनेकी छिन्– ‘मलाई ग्ल्यामरस देखिन र बोल्ड सिनमा काम गर्न असहज महसुस हुन्छ। त्यस कारण कुनै पनि प्रोजेक्टको आफर आउँदा निकै सोच विचारका साथ काम गर्छु।’
इस्कजादे, वान्स अपन अ टाइम इन मुम्बई, बद्रीनाथकी दुल्हनीया जस्ता फिल्ममा अभिनय गरेकी गौहर अब छिट्टै नै सेफ अलि खान तथा डिम्पल कपडियाको वेब सिरिज ताण्डवमा देखिँदै छिन्।