![](https://newsofnepal.com/wp-content/uploads/2021/01/Haritara-scaled.jpg)
२०७५ सालको हरितारा चलचित्र पुरस्कार अभिनेताद्वय मदनदास श्रेष्ठ र कृष्ण मल्ललाई प्रदान गरिएको छ। बुधबार राजधानीमा आयोजित एक समारोहबीच श्रेष्ठ र मल्ललाई हरितारा चलचित्र पुरस्कार प्रदान गरिएको हो। नेपाली फिल्म क्षेत्रको उत्थान, संरक्षण र पेसाकर्मीको हक–हितका साथै नेपाली कला संस्कृति, रंगमञ्च, रेडियो नाटकमार्पmत महत्वपँर्ण योगदान पु¥याएबापत मदनदास र कृष्णलाई पुरस्कार प्रदान गरिएको हो।
समारोहमा २०७६ सालको हरितारा चलचित्र पुरस्कार गीतकार सहदेव ढुंगानालाई प्रदान गरिएको छ। ४ दशकभन्दा बढी समयदेखि गीत रचनाको माध्यमबाट नेपाली कला, संस्कृति एवं गीत–संगीत र फिल्म क्षेत्रको उत्थान गरेबापत गीतकार सहदेव ढुंगाना पुरस्कृत गरिएको हो। पुरस्कारको राशी जनही २५ हजार रुपियाँ रहेको छ।
सोही समारोहमा २०७६ सालको श्रीदुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार सञ्चारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई प्रदान गरिएको छ। पुरस्कारको राशी जनही १० हजार रुपियाँ रहेको छ। त्यस्तै परिवर्तन सम्मान–२०७६ बाट नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव मोहन पन्त, निर्देशक तथा अभिनेता विश्वदीप घिमिरे र निर्देशक तथा सञ्चारकर्मी माधवराज खरेललाई सम्मानित गरिएको छ।