तालिम केन्द्रका प्रमुखलाई कोरोना


डोटी, (नेस)
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी तालिम केन्द्र दिपायलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहलाई कोरोना संक्रमण भएको छ ।

केही दिन पहिलेदेखि प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा सञ्चालन भइरहेको प्रहरी भर्ना छनोटमा निकै सक्रिए भएका एसएसपी सिंहलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि उहाँको अहिले केन्द्रीय प्रहरी अस्पताल महाराजगन्ज काठमाडौंमा उपचार भइरहेको छ । एसएसपी सिंहको स्वास्थ्यमा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

तालिम केन्द्र प्रमुख सिंहलाई कोरोना संक्रमण देखिएपछि अहिले प्रदेश प्रहरी कार्यालयबाट काम चलाउनका लागि अर्का एसएसपी मोहनकुमार आचार्यलाई जिम्मेवारी तोकिएको छ ।

कोरोनामुक्त भएपछि केही समयभित्रै सिंह कामकाजमा फर्किने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ ।