फिल्म हिट भए पनि दुःखी !


बलिउड नायिका दिपिका पादुकोण बलिउडमा मात्र नभई हाल हलिउडमा पनि चर्चित नाम बनेको छ। मोडलिङबाट फिल्मी करिअर शुरु गरेकी दिपिका आज बलिउडको टप अभिनेत्रीमा एक बनेकी छिन्।

अहिले बलिउडका हर निर्देशक दिपिकालाई लिएर फिल्म बनाउन चाहन्छन्। तर कुनै समय यस्तो पनि थियो, जुन समय मानिसहरु दिपिकाको अभिनय र रुपको मजाक उडाउ“थे र तिखोे आलोचना गर्थे। दिपिकाले बलिउडमा जुन स्थान हासिल गरिन्, त्यसको लागि उनले कडा संघर्ष गरेकी थिइन्। हालै उनले एक अन्तर्वार्तामा बलिउडमा आफ्नो संघर्षको कथा सुनाएकी छिन्। सन् २००७मा आएको उनको पहिलो फिल्म ओम शान्ति ओम हिट भए पनि त्यस फिल्मपछि आफू दुःखी भएको उनले खुलाएकी छिन्।

उनले भनेकी छिन्, ‘त्यति बेला यस्ता मानिसहरुको वर्ग थियो, जो मेरो अभिनयको मजाक उडाउ“थे, उनीहरु म मोडलिङ क्षेत्रबाट आएकाले अभिनय गर्न सक्दैन भन्थे र मेरो बारेमा धेरै आलोचना गर्थे। त्यति बेला म केवल १९ वर्षको थिए“ र यस्ता कुराहरुले मलाई निकै प्रभाव पाथ्र्यो। म निकै दुःखी हुन्थें।’ दिपिकाले मानिसहरुको आलोचनालाई आफूले प्रेरणाको रुपमा लिएको र अझै मेहनत गर्न थालेको बताएकी छिन्।

‘आलोचनाले मलाई कडा मेहनत गर्न र आफ्नो कौशलता निखार्नका लागि प्रेरणा मिल्यो। सबैभन्दा राम्रो कुरा मलाई व्यक्तिगत विकास गर्न सहयोग ग¥यो। असफलताले पनि मलाई धेरै कुरा सिकायो’, दिपिकाले भनेकी छिन् ‘केही समय मोडलिङमा बिताएपछि मैले पहिलो फिल्म ओम शान्ति ओममा अवसर पाएको थिए“, जुन बेला म कच्चा र फिल्म क्षेत्रबारे अन्जान थिए। तर मलाई उक्त फिल्ममा शाहरुख खान तथा फराह खानले मार्गदर्शन गरेका थिए।’