सामाजिक सञ्जाल हल्लाउने म्याडोनाको सेल्फी


विश्वविख्यात गायिका एवं गीतकार म्याडोना जति गीत संगीतको लागि चिनिन्छिन्, उति नै आप्mनो स्टाइल र फेसनका लागि चिनिन्छिन्।
उमेरले ६२ लागेकी म्याडोना स्टाइल र फेसनका कारण आप्mनो वास्तविक उमेरभन्दा आधा कम देखिन्छिन्। उनै म्याडोना हालै आप्mनो एक तस्वीरका कारण सामाजिक सञ्जालमा चर्चामा आएकी छन्। हालै म्याडोनाले आप्mनो इन्स्टाग्राम खाताको स्टोरीमा आप्mनो एक सेल्फी फोटो पोस्ट गरिन्। उक्त फोटोमा उनको सुन्दरताका साथै जाँघमा सर्जरी गरेको निशान प्रस्ट देखिन्छ। साथै उनको खुट्टामा कपिङ थेरापीको निशान पनि देख्न सकिन्छ। फोटो बाहिरिएपश्चात् यो उमेरमा पनि सुन्दर र जवान देखिन म्याडोनाले विभिन्न उपाय अपनाउने गरेका चर्चा चलेको छ।
कपिङ थेरापी यस्तो उपचार पद्धति हो, जसमा तातो कप छालाको माथि राखिन्छ। यसको मद्दतले दुखाइ, सुन्निने समस्या, रगत सञ्चालनलाई बढाउनुका साथै शरीरमा ऊर्जा थप्ने काम गर्छ। दुईपटक विवाह गरेर सम्बन्ध विच्छेद गरेकी म्याडोना पछिल्लो एक वर्षयता आप्mनो २६ वर्षीय प्रेमी एलामलिक विलियम्ससँगको डेटका कारण पनि चर्चामा छिन्। उनी केही समयअघि कोरोना भाइरसको चपेटामा परेकी थिइन्। आप्mनो पिढीको सबैभन्दा प्रभावशाली कलाकार म्याडोना सोलो टुरमा सबै बढी कमाइ गर्ने गायिकामा पर्छिन्। म्याडोना आप्mनो ६२ वर्षको जीवन र पाँच दशक लामो करिअरमा बन्न लागेको बायोपिकको निर्देशन गर्ने तयारीमा छिन्।