नाजिर र सुशीलाको रोमान्टिक अवतार



गायक–गायिका सुमन केसी र मेलिना राईद्वारा स्वरबद्ध गीत सार्वजनिक गरिएको छ। सार्वजनिक पिरती बोलको गीतमा अम्बिका गुरुङको शब्द तथा दीपक शर्माको संगीत रहेको छ।
सार्वजनिक गीतको म्युजिक भिडियोमा अभिनेता नाजिर हुसेन र सुशीला थापाले अभिनय गरेका छन्। भिडियोमा नाजिर र सुशीलालाई निकै रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। नाजिर र सुशीलाले म्युजिक भिडियोमा नृत्य पनि गरेका छन्।
म्युजिक भिडियो र फिल्म निर्देशनमा जमेका निकेश खड्काको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा सुबोल थापाको करियोग्राफी रहेको छ। भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन रहेको छ। म्युजिक भिडियो भवसागर इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्