एकै मञ्चमा ७१ अवार्ड

0
Shares

५२ विधामा ७१ अवार्ड बाँड्दै राजधानीमा शनिबार नेसनल पावर न्युज म्युजिक अवार्ड–२०२० सम्पन्न गरिएको छ। कार्यक्रममा प्रेमध्वज प्रधान, कुलेन्द्र विक, वसन्त थापा, यम बराल, देवी घर्ती, अर्जुन पोखरेल, चक्रबम, राजकुमार बगर, टीका बम्जनलगायतका कलाकारलाई विभिन्न विधाको अवार्ड प्रदान गरिएको थियो।

१३ भाषाभाषीका गीतलाई समेत अवार्ड प्रदान गरिएको थियो। कार्यक्रममा पत्रकार कुबेर गिरीलाई नेसनल पत्रकारिता पुरस्कार, सीताराम पोखरेललाई रजत सम्मान, गीतकार डब्बु क्षेत्रीलाई कला सम्मान, गायक शशिविक्रम थापालाई प्रतिभा सम्मान प्रदान गरिएको थियो।