अमिताभ बच्चनलाई लाग्यो कविता चोरीको आरोप


काठमाडौं ।

अमिताभ बच्चनलाई कविता चोरी गरेको आरोप लागेको छ । सामाजिक संजालमा सक्रिय रहेन अमिताभले हरेक दिन केही नयाँ पोस्टहरु सेयर गर्दै आएका छन् ।

अमिताभले गत बुधबार सामाजिक संजालमा पोष्ट गरेको चिया बारेको कविता विवादमा परेको छ । अमिताभले कविता पोष्ट गरेपछि एक महिला टीशा अग्रवाल नाम गरेकी कवयित्रीले सो कविता आफ्नो भएको दाबि गरेकी छन् ।

अमिताभले पोष्ट गरेको कवितामा कमेन्ट गर्दै टीशाले भनेकी कविताको श्रेय आफुले पाउनु पर्ने बताएकी छन् । उनले भनेकी छन्– ’जब अमिताभ बच्चनले तपाइको पोष्ट कपि गर्छन र क्रेडिट पनि दिदैन भने अब खुशी हुने की रुने ?’

टीशाले सो कविता गत अप्रिल २४ मा आफ्नो फेसबुकमा पोष्ट गरेको बताएकी छन् । फेसबुकमा निरन्तर कविता पोष्ट गर्ने टीशाले अमिताभले आफ्नो कविता क्रेडिट नदिएर पोष्ट गरेको बताएपछि विवाद अगाडी आएको हो ।