लसएन्जेल्स,(एजेन्सी)
गत साता अमेरिकाको क्यालिफोर्निया स्थित एउटा अस्पतालको वेडमा आफु जस्तै ककोभिड १९ को उपचार गराइरहेका बिरामीालाई अक्सिजन टैंकले ज्यान जाने गरी कुटपिट गर्ने एक ३७ वर्षिय पुरुष विरुद्ध हत्या र घृणामा आधारित अपराध गरेको अभियोग लगाइएको छ ।
लस एन्जेल्स प्रहरीका अनुसार आफ्नो अस्पतालको कोठा सेयर गरेर बसेका ८२ वर्षिय वृद्धले प्रार्थन ागर्न थालेपछि जेस्से मार्टिनेज नामक ति व्यक्ति अचानक सन्केका थिए । त्यसपछि उनले अक्सिजन टैंक उचालेर वृद्ध माथि साँघातिक आक्रमण गरेका थिए ।
पिडितको उपचारको क्रममा भोलिपल्ट मृत्यु भएको थियो । एकले अर्कालाई नचिन्ने तिनीहरु दक्षिणी क्यालिफोर्नियाको एन्टेलोप भ्याली हस्पिटलमा उपचारका लागि भर्ना भएका थिए । केवल छ साताको अवधिमा नयाँ दस लाख संक्रमित थपिएपछि क्यालिफोर्नियाका अस्पतालहरुले निकै समस्या भोगिरहेका छन् ।
कर्मचारीहरुको ठूलो अभाव व्यहोरिरहेका ति अस्पतलाले सरकारसंग अष्ट्रेलिया देखि ताइवान सम्मबाट थप ३ हजार स्वास्थकर्मि झिकाउन आग्रह गरेका छन् । क्यालिफोर्नियाका गवर्नर ग्याभिन न्युसमले मानिसहरुलाई घरर भित्रै बस्न अनुरोध गरेका छन् भने त्यहाँ अत्यावश्यक नठकरिएका व्यापार व्यवशायहरु बन्द गरिएका छन् ।
प्रतिक्रिया