एरियानाले गरिन् इन्गेजमेन्ट


चर्चित अमेरिकी गायिका एरियाना ग्रान्डेले आफ्नो प्रेमी डाल्टन गोमेजका साथ इन्गेजमेन्ट गरेकी छिन्।
यसको जानकारी उनी आफैंले सामाजिक सजाल इन्स्टाग्रामको माध्यमबाट दिएकी हुन्। एरियानाले गोमेजका साथ एक फोटो शेयर गर्दै लेखेकी छिन्– ‘सुधैका लागि साथ।’ एक समारोहबीच इगेजमेन्ट गरेका उनीहरु लामो समयदेखि प्रेममा थिए। तर, उनीहरूले यसको खुलासा यही वर्ष मात्र गरेका थिए।
समाचारअनुसार एरियानाको हुनेवाला पति गोमेज एक चर्चित रियल स्टेट व्यवसायी हुन्। अमेरीकाकी चर्चित गायिकामध्ये एक एरियाना साइड टु साइड, ब्रेक फ्री, लभ मी हाडर, थ्याङ्क यु नेक्स्ट जस्ता चर्चित गीतमार्फत हजारौंको मनमा बस्न सफल छिन्।