जीवन यहाँ यस्तै छ

0
Shares

गायक प्रेम सेञ्चुरीले जीवन यहाँ यस्तै छ बोलको गीत म्युजिक भिडियोसहित आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन्। गीतमा शब्द, संगीत र स्वर प्रेम सेञ्चुरीको रहेको छ भने उनलाई गायिका सपनाश्रीले गायनमा साथ दिएकी छिन्।

गीतको म्युजिक भिडियोमा अप्सरा चाम्लिङ राई, परिस्मा राई, गणेश परदेशी र दिनेश राई (कान्छा) का साथै गायक प्रेम सेञ्चुरीले समेत अभिनय गरेका छन्। उदयपुर मिडिया हबले निर्माण गरेको उक्त म्युजिक भिडियोले नेपाली घर–गाउँको जनजीवनको पीडालाई यथार्थमा उतार्ने प्रयास गरेका कारण पनि म्युजिक भिडियोबाट राम्रो प्रतिक्रिया आइरहेको गायक सेञ्चुरीले बताए।

संयुक्त राज्य अमेरिका र उदयपुर जिल्लाको चौदण्डिगढी नगरपालिकाको गढन्तामा छायांकन गरिएको म्युजिक भिडियो निकै आकर्षक बनेको छ। भिडियो प्रेमजंग किराँतीले निर्देशन गरेका छन् भने सुनील घर्ती मगर र मुहसिंह थापा मगरले छायांकन तथा सम्पादन गरेका हुन्।