कोरोनाले भन्दाबढी ड्रग्स ओभरडोजबाट बढी मृत्यु


सानफ्रान्सिस्को,(एजेन्सी)

अमेरिकाको सान फ्रान्सिस्को शहरमा ड्रग्स ओभर डोजको कारण मर्नेको संख्या भयावह देखिएको छ । यस वर्षको अहिले सम्म विश्वव्यापि महामारी कोभिड १९ को कारण १ सय ७३ व्यक्तिले ज्यान गुमाएको यस शहरमा ड्रग्स ओभ।डोजको कारणले भने ६ सय २१ जनाको मृत्यु भइसकेको सरकारी तथ्याँकमा उल्लेख गरिएको छ ।

सान फ्रान्सिस्को क्रोनिकलका अनुसार यस दुखद घटनाको पछाडि एकदमै कडा पेनकिलर औषधि फेन्टानिलको हात रहेको छ । जनवरी देखि नोभेम्वर सम्म यसरी ओभरडोजबाट पिडितहरुलाई बचाउन झण्डै ३ हजार पटक नार्कान प्रयोग गरिएको छ । नत्र ओभरडोजबाट मर्नेको संख्या अझै बढि हुने बताइएको छ ।

ड्रग ओभरडोज रोकथाम तथा शिक्ष परियोजनाले पिडितहरुलाई बचाउन नार्कानको प्रयोग गरेको हो । लठिएका व्यक्तिलाई होशमा ल्याउन यो नार्कान औषधि पिडितको नाकमा स्पे्र गर्ने गरिन्छ । गत वर्ष यसै शहरमा ड्रग्स ओभरडोजबाट ४ सय ४१ ज्यानको ज्यान गएको थियो । सन् २०१८ को तुलनामा यो तथयांक ७० प्रतिशतले बढि थियो ।

कम आय आर्जन हुनेहरु बस्ने अपार्टमेन्टमा र घवारविहिनहरुका लागि सरकारले बस्ने व्यवस्था गरिदिएका होटेलका कोठाहरुमा अधिकांश व्यक्ति ड्रग्स ओभरडोजको कारण मृत अवस्थामा फेला पारिएका छन् ।

बाँकी केहिका लाश फुटपाथ , पार्क र गल्लीहरुमा अलपत्र अवस्था फेलापरेको प्रहरी प्रतिवेदनमा जनाइएको छ । फेन्टानिल अर्को लठ्याउने औषधि मोर्फिन भन्दा ५० देखि १ सय गुणा बढि कडा हुने गरेको विशेषज्ञहरु बताउँछन् ।