मैलुङ–स्याफ्रुबेंसी सडकको काम द्रूत गतिमा

0
Shares

रसुुवा, (नेस) ।

जिल्लाको मैलुङदेखि स्याफ्रुसम्मको १९ किलोमिटर सडकको काम दू्रतरुपमा अगाडि बढिरहेको छ ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवगढी सडक आयोजना प्रमुख नारायणदत्त भण्डारीका अनुसार मैलुङको सल्लेरीदेखि स्याफ्रुबेंसीसम्म १९ किमि सडक विस्तारअन्तर्गत नाली खन्ने, सडक चौडा गर्ने, रिटेनिङ वाल लगाउने काम अगाडि बढाइरहेका छन् । त्यसका लागि करिब दुई सय कामदार काम गरिरहेका छन् भने १२ वटा स्काभेटर छन् ।

राष्ट्रिय प्राथमिकतामा राखिएको यस सडक नेपाली सेनाले निर्माण सम्पन्न गरेको डबल लेनको रहेको छ । गत चैत ११ बाट देशैभर लकडाउन भएपछि रोकिएको काम हाल दू्रतरुपमा अगाडि बढेपछि तीन किलोमिटर सडक बनिसकेको छ । अब ६ देखि १२ मिटरको काम भइरहेको छ । भारत कन्स्ट्रक्सन सिद्धि शाही जेभीले ठेक्का पाएको यस सडक विस्तार गर्न १ अर्ब ४५ करोड लाग्नेछ ।

अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने वेत्रावती–मैलुङ–स्याफ्रुबेंसीको दूरी २९ किलोमिटर मात्र रहेको छ ।