दुई महिनामा ४ सय ७० क्विन्टल चामल बिक्री

0
Shares

वीरबहादुर बम, मुगु ।

हिमाली जिल्ला मुगुमा सञ्चालिन सुपथ मूल्य पसलबाट नेपालीको महान् चाड दशैं–तिहारदेखि हालसम्म ४ सय ७० क्विन्टल चामल बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा सञ्चालन भएको सुपथ मुल्य पसलबाट हालसम्म ४ सय ७० क्विन्टल चामल बिक्री भएको खाद्य कम्पनीले जनाएको हो ।

दशैं, तिहार, छठलगायतका चार्डलाई मध्यनजर गर्दै गत असोज २ गतेदेखि सञ्चालन गरिएको सुपथ मूल्य पसलबाट उक्त चामल बिक्री भएको कम्पनीका सूचना अधिकारी पुष्कर भामले बताउनुभयो ।

सुपथ पसलबाट सबैभन्दा बढी जिरा मसिना चामल, बिक्री भएको छ । हरेक चामलको मूल्यमा प्रति एक केजीमा ५ रुपियाँको छुटमा बिक्री भइरहेको छ । सूचना अधिकारी भामका अनुसार अरू समयको भन्दा अहिले सुपथ मूल्य पसल सञ्चालन गरिएपछि धेरै चामल बिक्री भएको हो ।

सुपथ मूल्य पसलबाट मुगु जिल्लाका छायाँनाथ रारा नगरपालिका र जिल्लाकै पूर्वी करान भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिकाका स्थानीयबासीलाई लक्षित गरी गत असोजदेखि मंसिर पहिलो सातासम्म सुपथ मूल्य सञ्चालन गरेको भए पनि अहिले यसको अवधि थप गरिएको कार्यालय प्रमुख कर्णबहादुर रावल बताउनुहुन्छ ।