पीजी परीक्षाकोे मुद्दा टुंगो लाग्यो

0
Shares

काठमाडौं, (नेस) ।

गत असोज महिनामा लिने भनेको चिकित्सा शिक्षा स्नातकोत्तर तहको (पीजीको) परीक्षाको विषयउपर परेको मुद्दाको फैसला बुधबार भएको छ । मुद्दाको किनारा लागे पनि फैसलाको पूर्णपाठ भने आउन बाँकि नै छ ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले दिनुभएको जानकारीअनुसार फैसला भयो विस्तृत जानकारी आइसकेको छैन । परीक्षाका विषयमा परेका आठवटा मुद्दामध्ये कुनै मुद्दा खारेज भएका छन् भने कुनैको फैसला भएको छ ।

अदालतमा केही दिनदेखि छलफल चलिरहेको मुद्दामा बहस नसकिएकाले बुधबारलाई सारिएको थियो । न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासले उक्त मुद्दाको सुनुवाइ गरिरहेको थियो । अदालतमा पीजीका विषयमा विदेशी कोटा, आरक्षण, सरकारी र करारलगायतका विषयमा मुद्दा परेको थियो । मुद्दा एउटै विषयमा फरक–फरक भएकाले एकैठाउँमा राखी छलफल गरी निकास निकाल्नुपरेकाले समय लागेको उपाध्यक्ष गिरीले बताउनुभयो ।

चिकित्सा शिक्षा आयोगले गत असोज २७, २८ र २९ गते परीक्षा मिति तोकेको थियो । तर, सर्वोच्च अदालतको असोज २२ गतेको अन्तरिम आदेशपछि परीक्षा स्थगित भएको थियो । एमडीरएमएस, डिएमरएमसिएच, एमपिएच, एमएन, एमएससी नर्सिङ, एमफर्मा एमएससी एमआइटीलगायतका विषयमा करिब ८ हजारभन्दा बढी विद्यार्थीले परीक्षा फारम भरेका छन् ।