सरकारको साख जोगाउन स्थानीयको आग्रह

0
Shares

काठमाडौं, (नेस)।

शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन खबरदारी गर्दै स्थानीयले सरकारको साखः जोगाउन आग्रह गरेका छन् ।

चन्द्रागिरी नगरपालिका–१ वडाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पुगेका मन्त्री श्रेष्ठलाई पार्टी फुटाउँदा कार्यकर्ताको केही जाँदैन तर नेताको पद र सेवा सुविधा गुम्ने त होला नि भन्दै व्यंग गरेका थिए । उनीहरूले खबरदार पार्टी फुटाउन पाइँदैन, पार्टी फुटे अपार जनताको मन रुन्छ त्यसैले, पार्टी फुटमा होइन जुटेरै अघि बढ्नुपर्छ भन्दै मन्त्रीलाई खबरदारी गरेका थिए ।

सो क्रममा मन्त्री श्रेष्ठले पार्टी फुटको संघारबाट जोगिएको स्पष्ट पार्दै अब मिल्नुको विकल्प नभएको बताउनुभयो । उहाँँले भन्नुभयो– ‘तपाईहरू ढुक्क हुनुहोस्, कुनै पनि हालतमा पार्टी फुट्दैन, हामी फुट्न पनि दिँदैनौ । उहाँँले प्रधानमन्त्री केपी ओलीको सरकार पूरै अवधि टिक्नेछ भन्नुभयो । उहाँँले जनताको चाहनाअनुसार विकास निर्माणको कामले तीव्रता लिएको उल्लेख गर्दै जनताको अपार मायाको कारण सरकारको लोकप्रियता बढ्दै गएको बताउनुभयो ।

मैले तपाईंहरूले उल्लेख गरेको विषयलाई पार्टीको उच्च तहमा पु¥याउनेछु, जनताको भनाइ सुनेपछि मन्त्री श्रेष्ठले भन्नुभयो– ‘आमकार्यकर्ताको सहयोगमा बनेको सरकार र पार्टी कुनै पनि हालतमा फुट्न दिंदैनांै ।’ उहाँँले सरकार र पार्टीबीच कुनै असमझदारी नरहेको स्पष्ट पार्दैै यदि त्यसो हुन गए तपार्इंहरूले खबरदारी गर्नुपर्छ भन्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका सांसद हरिशरण थापाले सरकार र पार्टीलाई बचाउन कार्यकर्ताको तर्फबाट सबै खबरदारी गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा चन्द्रागिरी नगरपालिका–१ का अध्यक्ष राजेन्द्र केसीले वडा र सो क्षेत्रको विकासका योजनाबारे जानकारी गराउनुभएको थियो । उहाँँले अबको समय विकास निर्माणको समय भएको बताउँदै सरकारले आफ्नो क्षेत्रका सांसदले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘अहिलेको सरकारले विकासको कामलाई तीव्रता दिएको छ, यसलाई निरन्तररूपमा अघि बढाउनुपर्छ ।’ स्थानीय निकायका पदाधिकारीले पनि विकास निर्माणको कामलाई प्राथमिकता दिएर अघि बढ्नुपर्ने बताउनुभयो ।