अर्बुद रोगको साधारणसभा सम्पन्न

0
Shares

काठमाडौं, (नेस) ।

क्यान्सर रोगबारे जनचेतनामूलक कार्यक्रमसँगै स्वास्थ्य शिविरलाई व्यापकरुपमा गर्दै जानुपर्नेमा जोड दि“दै नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौं शाखाको साधारण सभा हालै सम्पन्न भयो ।

सो अवसरमा सभाको उद्घाटन गर्दै सस्थाका पूर्वअध्यक्ष कोरोना महामारीका कारण क्यान्सर रोगपीडितहरुले उपचार प्रक्रिया कठिनाइ उत्पन्न भएको उल्लेख गर्दै मानिसहरुमा रोग लाग्नबाट बचाउने उपायका बारे बृहत् चेतनामूलक अभियान थाल्नुपर्ने धारणा राख्नुभयो ।
सो अवसरमा संस्थाका उपसभापति डा। विमला शाक्यले क्यान्सर रोगीहरुको संख्या बढ्न नदिन चेतनामूलक कार्यक्रम महत्व, आवश्यकता र नियमित स्वास्थ्य शिविरको खा“चो बारे केन्द्रित गर्दै आफ्नो विचार व्यक्त गर्नुभयो । संस्थाका निवर्तमान अध्यक्ष भागवत श्रेष्ठलाई मातृशोक परेकाले दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एक मिनेट मौन धारण गरी सभाको शुरुआत गरिएको थियो ।

संस्थाका सभापति अनुपसिंह सुवालको सभापतित्वमा सम्पन्न सो सभामा संस्थाका सचिव दिव्यलक्ष्मी वज्राचार्यले वार्षिक प्रगति प्रतिवेदनसहित आगामी वर्षको कार्ययोजना प्रस्तुत गर्नुभयो । त्यसै गरी कोषाध्यक्ष श्रीकृष्ण महर्जनले गत आर्थिक वर्षको वित्तीय प्रतिवेदन प्रस्तुत गर्नुभयो । कोरोना महामारीका कारण जुम प्रविधि प्रयोगसंँगै सीमित सदस्यहरु मात्र बसेर सभाको आयोजना गरिएको थियो ।