सरकारविरुद्ध प्रतिपक्ष

0
Shares

विनोदसिंह विष्ट, बैतडी  । 

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले बैतडीमा पनि सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीको आयोजनामा कांग्रेस नेता–कार्यकर्ताले सदरमुकाममा विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनमा जिल्लाका सबै क्षेत्रका नेता–कार्यकर्ता सहभागी रहेको नेपाली कांग्रेस बैतडी कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिनुभयो । पार्टी कार्यालय गोठलापानीबाट नारासहित र्‍याली शाहिलेक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभामा परिणत भएको थियो ।
नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रसिंह थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमममा पूर्वराज्यमन्त्री नरबहादुर चन्द, पूर्वसभापति शिवराज भट्ट, पार्टी उपसभापति चतुरबहादुर चन्दलगायतले सम्बोधन गर्नुभएको थियो ।

कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा सरकार उदासीन भएको, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको, वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि मंसिर १७ गते तनहुँमा भएको गिरफ्तारी गर्नु गलत भएको अधिकांश वक्ताले कार्यक्रममा बताउनुभएको थियो ।