आज थप १६१४ जनामा कोरोना संक्रमण पुष्टि : १४३७ जना संक्रमणमुक्त

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

बिहीबार थप १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससंगै देशभर कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ । यस्तै आज १४३७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

आजसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ । हाल १६ हजार ७९३ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।