ठक्कर दिई फरार गाडी र चालक पक्राउ

0
Shares

पुष्कर बुढाथोकी,भक्तपुर ।

मृत्यु हुने गरी पैदल यात्रीलाई ठक्कर दिएर फरार रहेका सवारी चालकलाई प्रहरीले पाँच दिनपछि सिराहाबाट पक्राउ गरी भक्तपुर ल्याएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले दुर्घटना गराई फरार चालक सिराहा गोलबजारका २४ वर्षीय अर्जुन वि.क.लाई ईलाका प्रहरी कार्यालय गोलबजार, सिराहासंग समन्वय गरी गाडीसहित पक्राउ गरी ल्याएको जानकारी दिनुभयो ।

यही मङ्सिर ५ गते विहान बनेपाहुदै काठमाण्डौ आइरहेको गाडीले अरनिको राजमार्ग खण्ड अन्तर्गत सूर्यविनायक नगरपालिका–९ पलासेमा स्थानीय ६५ वर्षीया ललितकुमारी कार्कीलाई सडक पार गर्नेक्रममा ठक्कर दिई फरार भएको थियो ।

ठक्करबाट गम्भिर घाइतेला कार्कीको डा. ईवामुरा मेमोरियल अस्पताल भक्तपुरमा उपचार हुन नसकेपछि अन्नपुर्ण न्यूरो अस्पताल काठमाण्डौ लगिएकोमा उपचार कै क्रममा सोहीदिन राती मृत्यु भएको प्रनाउ गिरीले जानकारी दिनुभयो ।

सिसि क्यामराको दृश्यसहित प्रहरीको अनुसन्धानमा दुर्घटना गराउने प्रदेश २–०१–००१ च. ०१८० नं.को गाडी र चालक वि.क.भएको खुलेपछी प्रहरीले सिराहाबाट पक्राउ गरी महानगरीय वृत्त जगाती भक्तपुर राखी सवारी ज्यान सम्बन्धी कसुरमा मुद्धा चलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।