काठमाडौं आइपुगे पश्चात् स्थानीय मिडियासँग कुराकानी गर्दै श्रृंगला (भिडियाे)


काठमाडाैँ।

भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला दुई दिने नेपाल भ्रमणको लागि आज काठमाडौं आईपुगेका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका परराष्ट्र सचिव डा. भरतराज पौडेलले स्वागत गरेका थिए ।

विदेश सचिव श्रृंगलाले भने,‘नेपालमा आउँदा म निकै खुशी छु । रमाईलो लागेको छ । म पहिलापनि काठमाडौं आएको छु । तर, फरेन सेक्रेटरीको रुपमा पहिलोपटक आज आएको हुँ ।

भारत र नेपाल निकटतम मित्र हुन ।  नेपाल र भारतबीचको सम्बन्ध कसरी मजबुद बनाउने भन्नेबारे ती मिटिङमा कुराकानी हुन्छन् ।’

हर्षवद्र्धनले आजैबाट उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीदेखि राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ।

विदेश सचिव हर्षवद्र्धनले ज्यापु समाजको भवन र गोर्खामा एक गुम्बाको पनि उद्घाटन गर्ने कार्यक्रम तय भएको दूतावस स्रोतले जनाएको छ।