पूर्ण संस्थागत सुत्केरी घोषणा अभियान प्रभावित

0
Shares

नेपाल समाचारपत्र, बैतडी
कोरोना संक्रमणका कारण बैतडीमा पूर्ण संस्थागत सुत्केरी घोषणा अभियान प्रभावित भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिकाले गत वर्ष २ वडालाई घरमा हुने शूून्य सुत्केरी वडा घोषणा गर्ने कार्यक्रम रहेको भए पनि कोरोना कहरका कारण हुन नसकेको जनाएको छ ।
गत वर्ष वडा नं ३ श्रीकोट र वडा नं १ रिमलाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणाको लक्ष्य रहेको भए पनि कोरोना कहरले हुन नसकेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताउनुुभयो । कोरोनाको जोखिम हुने भन्दै घरमै सुत्केरी हुन थालेपछि घोषणा अभियान प्रभावित भएको छ । उहाँले भन्नुभयो– ‘गत वर्ष उक्त कार्यक्रमका लागि छुट्याएको २ लाख रुपियाँ पनि फ्रिज भयो, यो वर्ष पनि घरमै सुत्केरी हुने क्रम नरोकिएकाले अभियान सफल हुन सक्ला जस्तो छैन् ।’ पूर्ण संस्थागत सुत्केरी घोषणाको लागि प्रयास जारी रहेको भए पनि यो वर्ष बजेट तथा योजना नरहेको स्वास्थ्य शाखा प्रमुख नाथको भनाइ छ ।
यसअघि गाउँपालिका–४ श्रीकेदार, वडा नं ५ न्वाली र वडा नं ८ कटौजपानी पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेका दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले जानकारी दिनुभयो । मातृ मृत्युदर र नवजात शिशु मृत्युदरलाई शून्यमा झार्नका लागि उक्त अभियान सञ्चालन गरिएको उहाँले कथन छ ।
१ वर्षसम्म घरमा सुत्केरी भएको हुन नहुने, गर्भावस्थामा प्रोटोकलअनुसार ४ पटक जाँच गरेको हुनुपर्ने, गर्भावस्था र सुत्केरी अवस्थामा आइरन चक्की खाएको हुनुपर्नेलगायतका व्यवस्था पूरा भएपछि मात्र पूर्ण संस्थागत सुत्केरी गर्ने गरिन्छ ।