अर्थतन्त्रमा २ खर्बको धक्का


नेपाल समाचारपत्र, काठमाडौं
आठ महिनादेखि नेपालमा कोभिड–१९ संक्रमण देखिएको तथा संक्रमण न्यूनीकरणका लागि करिब तीन महिनासम्म गरिएको लकडाउनले नेपालको अर्थतन्त्रमा पु¥याएको क्षतिको मोटामोटी खाका तयार भएको छ । राष्ट्रिय योजना आयोगले गरेको अध्ययन प्रतिवेदन तयार भएपछि सो खाका तयार भएको हो ।
कोभिड–१९ का कारण देशको अर्थतन्त्रमा गम्भीर असर पुगेको मुलुकको आर्थिक वृद्धिदर चार वर्षयताकै न्यून हुने आयोगको अध्ययनमा देखिएको आयोग स्रोतको भनाइ छ । केही दिनभित्रै सरकारलाई प्रतिवेदन बुझाउने तयारी आयोगको छ । नेपाल राष्ट्र बैंक, केन्द्रीय तथ्यांक विभाग र अर्थ मन्त्रालयको समेत सहयोगमा सो अध्ययन प्रतिवदेन तयार गरिएको हो । भूकम्पका बेला गरिएको जस्तो पोस्ट डिजास्टर निड एसिस्मेन्ट (पीडीएनए) जस्तै कोभिड–१९ ले अर्थतन्त्रमा पु¥याएको असरका बारेमा अध्ययन भएको आयोग स्रोतले बतायो । आयोग स्रोतका अनुसार कोभिड–१९ का कारण मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १ खर्ब ९८ अर्ब रुपियाँ क्षति भएको बताइएको छ । ३९ खर्ब ४ अर्ब ९६ करोड रुपियाँबराबरको जीडीपी हुनेमा कोभिड–१९ को असरले ३७ खर्ब ६ अर्ब ७७ करोड रुपियाँमा संकुचित भएको अध्ययनमा जनाइएको छ ।
कोभिड–१९ का १५ लाख ६७ हजार जनाले रोजगारी गुमाएको भए पनि वैदेशिक रोजगारीबाट अनुमान गरिएभन्दा कम मानिस फर्किएको र रेमिट्यान्स औपचारिक च्यानलबाट भित्रिने क्रम बढेकालाई अध्ययनले सकारात्मकरूपमा लिएको आयोग स्रोतले जानकारी दिएको छ ।