बाँझो जमिनमा खेती गर्नेलाई अनुदान

0
Shares

पाल्पा, (नेस)

बाँझो जमिनमा खेती गर्न र जग्गा जमिन बाँझो नरहोस् भन्नाका लागि पाल्पाको एउटा गाउँपालिकाले अनुदान दिने नीति लिएको छ ।

पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले खासगरेर लकडाउनको समयमा खाद्यान्न अभाव नहोस् भन्नाका लागि बाँझो जमिन उपयोग गर्ने किसानहरुलाई अनुदान दिई बाँझो जमिन उपयोग गर्ने नीति लिएको हो । गाउँपालिकाले तोकेको मापदयडअनुसार बाँझो रहेको जमिनमा खेती गर्ने किसानलाई अनुदान दिने र जमिनलाई उपयोग गर्नेलाई प्रोत्साहन गर्ने गरिएको हो ।

गाउँपालिकाले बाँझो जमिन उपयोग गर्दै फलफूल लगाउनेलाई प्रतिरोपनी २ हजार र अन्य खेती गर्नेलाई प्रतिरोपनी ३ हजारका दरले अनुदान रकम दिने गरेकोे छ जसअनुसार पालिकाअन्तगतका विभिन्न वडाहरुमा बाँझो जमिनको उपयोग गर्ने १ सय १४ जना किसानलाई अनुदान वितरण गरिएको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो ।

किसानहरुलाई अनुदान वितरण गर्दै गाउँपालिका अध्यक्ष कार्कीले यसप्रकारको अभियानले उद्यमशीलता प्रवद्र्धन हुने भएकाले गाउँपालिकाले महŒव दिएर यो कार्यक्रम बनाएको बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष चेतकुमारी थापाले गाउँपालिकाले लकडाउनको समयमा मानिसहरू कृषिमा उत्प्रेरित भइरहेका बेला अनुदानको कार्यक्रम ल्याएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत खेतबहादुर खत्रीले गाउँपालिकाले बाँझो जमिन उपयोग गर्ने किसानहरुका लागि यो कार्यक्रम ल्याइएको जानकारी दिँदै अनुदान रकम लिनका लागि पालिकाले तोकेअनुसार कम्तीमा ३ रोपनीमा खेती तथा फलफूल लगाएको हुनुपर्ने व्यवस्था गरेको जानकारी दिनुभयो ।

गाउँपालिकको यस कार्यक्रमबाट उत्पादन पनि बढ्ने र बाँझो रहेको जमिन उपयोग गरेबापत पालिकाले अनुदान रकम वितरण गरेपछि किसानहरु उत्साहित भएको गाउँपालिकाले जनाएको छ ।

यसअघि पनि जिल्लाका विभिन्न स्थानीय तहले कृषकलाई प्रोत्साहित गर्नका लागि यस्तै किसिमको वा विभिन्न सहुलियत र अनुदानका कार्यक्रमहरु ल्याएका छन् ।