परालमुनि सुतेका पुरुषको ट्याक्टरले किचेर मृत्यु

0
Shares

पाल्पा, (नेस)

रातीको समयमा परालमुनि सुतेका एक पुरुषको ट्याक्टरले किचेर मृत्यु भएको छ । जिल्लाको रम्भा गाउँपालिका–४ बगचौरमा परालमुनि सुतेका ती पुरुषको बुधबार राती १० बजेको समयमा धान लोड गरेर हुमिनतर्फ जाँदै गरेको लु३त ९८१२ नम्बरको ट्याक्टरले किचेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृतक राती परालमुनि सुतिरहेको अवस्थामा ट्याक्टर त्यहीं माथिबाट किचेर गएको हुन सक्ने अनुमान गरिएको छ।

यसैबीच कोरोना संक्रमणबाट पाल्पा जिल्लामा थप एक जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार तिनाउ गाउँपालिका–६ डुम्रेका ४४ वर्षीय पुरुषको मृत्यु भएको कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । ती पुरुषको युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

ती पुरुष निमोनियाका कारण श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका थिए । बिहीबार मात्र उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।