१० लाख घूससहित इन्जिनियर पक्राउ

0
Shares

हेटौंडा, (नेस)

नेपाल विद्युत् प्राधिकरण हेटौंडा वितरण केन्द्रमा कार्यरत नवौं तहका इन्जिनियर ईश्वरीप्रसाद जैसवाल १० लाख नगदसहित पक्राउ परेका छन् ।

हेटौंडाको बसपार्कमा रहेको एक होटलमा एक ठेकेदारसँग काम मिलाइने सर्तमा १० लाख रुपियाँ लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले घूस रकमसहित जैसवाललाई नियन्त्रणमा लिएको हो ।

हेटौंडा नवलपरासीको बर्दघाट विद्युत् प्रसारण आयोजनामा कार्यरत जैसवालका विषयमा थप अनुसन्धान जारी रहेको अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय हेटौंडाले जनाएको छ ।

स्रोतका अनुसार ठेकेदार र जैसवालबीच केही दिनअघि मात्रै रकम लेनदेनका विषयमा छलफल भएको थियो ।