निर्माणाधिन कालीगण्डकी करिडोरमा कार्यरत ५ मजदुरको पहिरोमा पुरिएर मृत्यु

0
Shares

नवलपरासी ।
पूर्वी नवलपरासीमा बुधबार सांझ निर्माणाधिन कालीगण्डकी करिडोरमा कार्यरत ५ मजदुरको पहिरोमा पुरीएर मृत्यु भएको छ ।
जिप्रका नवलपरासी पूर्वले दिएको जानकारी अनुसार मृत्यु हुनेमा बुलिड.गटार ४ का २० वर्षीय गोपाल गरञ्जा, ४२ वर्षीय सुन बहादुर पुलामी रहेकाछन् ।

यसै गरी बर्ष २० का तारा बहादुर लुंगेली, २० वर्षकै चेत बहादुर अस्लामी र २९ वर्षीय तुल बहादुर सारुको पहिरोमा परेर मृत्यु भएको छ ।

घाईते हुनेमा बुलिड.गटार ४ कै १९ वर्षीय केवल सिंह लुड.गेली र २१ वर्षका केवल सिंह लुड.गेली रहेको प्रहरीले जनाएको छ ।
एकै वडाका मजदुरहरुलाई स्थानीय वडा नं. ३ को सखुवा भन्ने स्थानमा सडक छेउमा जाली भर्दै गर्दा माथि बाट खसेको सुख्खा पहिरोले एका एक पुरेको थियो ।

पहिरोमा पुरिएका मजदुरहरुको स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिएको थियो ।