भारतीय सेनाध्यक्ष नरावणे काठमाडौंमा

0
Shares

काठमाडौं, (नेस)
प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरावणे बुधबार काठमाडौं आइपुग्नुभएको छ ।
विशेष विमानबाट काठमाडौं आउनुभएका स्थल सेनाध्यक्ष नरावणेलाई प्रधानसेनापति थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वगत गर्नुभएको थियो । काठमाडौं आइपुग्नुभएका नरावणेको बुधबार औपचारिक कार्यक्रम नभए पनि उहाँले नेपालका केही महŒवपूर्ण व्यक्तिसँग भेट गर्नुभएको थियो । उहाँले भेटेका व्यक्तिको बारेमा भने केही खुलाइएको छैन ।
उहाँको औपचारिक कार्यक्रम आज बिहीबार बिहानबाट शुरु हुने भएको छ । आज नै उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुहुनेछ । शुक्रबार स्वदेश फर्कनुअघि उहाँले प्रधानमन्त्री केपी ओलीसँग औपचारिक भेट गर्नुहुने कार्यक्रम छ ।