लोकसेवाद्वारा दरखास्त स्थगन

0
Shares

काठमाडौं, (नेस)
लोकसेवा आयोगले उपसचिव र सहसचिवको दरखास्त स्थगन गर्ने निर्णय गरेको छ ।
सर्वोच्च अदालतबाट मंगलबार आयोगका नाममा जारी गरेका तीनवटा अल्पकालीन आदेशसँगै आयोगले राजपत्रांकित प्रथम र द्वितीय श्रेणी (प्राविधिक र अप्राविधिक) तथा स्वास्थ्य सेवाका एघारांै र नवौं तहका बढुवा सूचना एवं आन्तरिक प्रतिस्पर्धा तथा खुला सम्पूर्ण विज्ञापनका लागि दरखास्त लिने कार्य स्थगन गरेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
अर्को सूचना प्रकाशन नभएसम्मका लागि आयोगले दरखास्त स्थगन गरेको हो । सामान्य प्रशासन मन्त्रालयले पद लुकाएर माग पठाएको भन्दै वरिष्ठ उपसचिव र अधिकृतहरुले सर्वोच्च अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेका थिए । यससँगै सर्वोच्च अदालतले लोकसेवा आयोगसमेतका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।