आज देशभर ३३०९ जनामा कोरोना संक्रमण पुष्टि,३८४४ संक्रमित डिस्चार्ज

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज देशभरका थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक लाख ८२ हजार ९२३ पुगेको छ ।

त्यस्तै देशभर आज ३८४४ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई घर फर्किएका छन् । योसँगै कोरोना भाइरस सङक्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या एक लाख ४४ हजार ९७८ जना रहेको मन्त्रालयले जनाएको छ ।यस्तै आज काठमाडौं उपत्यकामा थप १८७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज काठमाडौँमा १५७० जना, ललितपुरमा १८९ जना र भक्तपुरमा ११९ जना गरी उपत्यकामा थप १८७८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यस्तै आज देशभर थप ३ हजार ३०९ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि मन्त्रालयले जनाएको छ ।