अस्पताल प्रशासनको विभेद्का कारण बीरका १६ चिकित्सकको सामुहिक राजीनामा

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

वीर अस्पालको आकस्मिक विभागमा कार्यरत तथा अस्पताल व्यवस्थापन प्रति असन्तुष्ट १६ जना चिकित्सकले बुधबार अस्पतालका निर्देशकलाई सम्बोधन गरि पत्र लेख्दै राजीनामा दिएको जनाएका छन् । राजीनामा दिने चिकित्सकहरुले व्यवस्थापनले कोरोनाका समयमा पनि आवश्यकता अनुसारको उपकरण, सेवा सुविधा नदिएको जारी विज्ञप्तीमा उल्लेख गरेका छन् ।

प्रशासनको ध्यानाकर्ष गराउँदै तलब, भत्ता, बिदा सुविधाका बिषयलाई लिई यहि कात्तिक २ गतेदेखि चिकित्सक तथा कर्मचारीहरु बिरोमा उत्रिएका थिए । राजीनामा दिने चिकित्सकहरुले वीर अस्पताल प्रशासनले आफुहरुलाई ज्यालादारी भन्दै दशैतिहारको भत्ता समेत नदिएको र उल्टै एकदिनको तलब कटाएर दिएको उल्लेख गरेका छन् ।

अस्पतालले आवश्यकता अनुसारको स्रोत सामग्री समेत नदिएकाले राजीनामा नै दिनुपर्ने बाध्यता परेको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ । वीर अस्पतालका एक उच्च अधिकारीका अनुसार वीर अस्पतालको आकस्मीक विभागमा विशेषगरि करारकै चिकित्सकहरुलाई काम गराईन्छ ।

तर करार र स्थाईलाई काम र तलबमा भेदभाव गर्न पाईन्न । नियमसंगत हप्तामा ४० घण्टा काम गराउँन मिल्छ तर करार भनेर समयमा तलब नै नदिई ९६ घण्टासम्म काम लगाएको सामुहिक राजीनामा दिने चिकित्सकहरुको गुनासोको प्रशासन पक्षले सुनावाई नगरि पेलेर काम गराउन खोज्नु ठूलो गल्ती हो ।