तास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

0
Shares

काठमाडौं

नवलपरासी (पूर्व), कावासोती नगरपालिका-३ माने चोक बस्ने ४३ बर्षीय थाम बहादुर गुरुङको घरमा तास खेलिरहेको अवस्थामा गुरुङ लगायत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९२ हजार ७ सय ३५ रुपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

सर्लाही, बरहथवा नगरपालिका-६ बस्ने ४८ वर्षीय शम्भु सिंहको घरमा तास खेलिरहेको अवस्थामा शम्भु सिंह लगायत ६ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार ९ सय ९५ रुपैयाँ, ५ हजार २ सय भारतीय रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-७ ईत्राम बस्ने निर्मला शाहीको घरमा तास खेलिरहेको अवस्थामा निर्मला लगायत ७ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद ५६ हजार ६ सय १० रुपैयाँ र ९ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।