मुस्ताङको नेचुङमा सशस्त्र प्रहरीको बिओपी शिलान्यास

28
Shares

काठमाडौं । गृह सचिब महेश्वर न्यौपानेले मुस्ताङको लोमाङ्थाङ–४ नेचुङमा निर्माण हुने सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बिओपि ) को शिलान्यास गर्नु भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सहित नेचुङ पुग्नु भएका सचिब न्यौपानेले बुधबार सो भवनको शिलान्यास गर्नु भएको हो । गत जेठ १५ गते भन्सार कार्यालय र कृषि क्वारेन्टाइनको भवनमा स्थापित बिओपी सदरमुकाम जोमसोम बाट १ सय ९ किलोमिटरको दुरिमा समुद्र सतहबाट करिब ४ हजार २ सय मिटरको उचाइमा अबस्थित छ । २४ कोठाको मौसम अनुकुलको हुने भवन करिब सांढे ६ करोडको लागतमा एक बर्ष भित्र निर्माण भइसक्ने छ ।असोज देखि बैशाख सम्मनै भारी हिमपात हुने त्यस क्षेत्रमा सशस्त्र प्रहरि बल १२ महिना नै तैनाथ रहने छ । हाल सम्म देशभर सशस्त्र प्रहरि बलका १ सय १८ वटा बिओपि स्थापना भएका मध्ये उत्तरी सिमानामा ७ वटा रहेका छन् । बिओपी स्थापना भए संगै मुस्ताङको उत्तरी सिमानामा सशस्त्र प्रहरीले सिमा अनुगमन ,पिल्लर निरिक्षण , काउन्टरपार्टस् संग समन्वय तथा नियमित गस्ति पट्रोल गर्दै आएको छ ।